पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पाेखरा | पुस १०, २०८२

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । 


बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । 


ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ कालिकाकी सुनिता गोलेलाई स्वर्ण, विष्णुपादुकाकी पुष्पा विकलाई रजत र शहीद स्मृतिकी सन्जु विकलाई काश्य पदक हात पर्‍यो । 


४१०० मिटर रिले दौडको छात्रा तर्फ फिस्टेल एकेडेमीलाई स्वर्ण, कास्की मोर्डनाइज्ड एकेडेमीलाई रजत र छोरेपाटन माविलाई काश्य पदक हात पर्‍यो । यसैगरी छात्रतर्फ कास्की मोडनाइज्डलाई स्वर्ण, हार्वड एकेडेमीलाई रजत र सैनिक आवासीयलाई रजत पदक प्राप्त भयो । 


लङ्गजम्प छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारीलाई स्वर्ण, त्रिवेणी पब्लिककी एन्जल अधिकारीलाई रजत र लिटल फ्लावरकी सुजाता कुमाललाई कास्यपदक हात पर्‍यो भने छात्र तर्फ कालिकाका अमन दुरालाई स्वर्ण, पोखरा युनाइटेडका कृष्ण बहादुरलाई रजत र अन्नपूर्ण माविका विशाल विकलाई काश्य पदक हात पर्‍यो । 


एथलेटिक्स तर्फ कुल ७८ पदकका लागि प्रतिष्पर्धा हुनेछ । एथलेटिक्स तर्फका बाँकी खेल शुक्रबार हुनेछन् । एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका छन् ।


पोखरा रङ्गशाला र कालिका माविको भलिबल कोर्टमा सञ्चालन गरिएको भलिबल प्रतियोगिता अन्तरगत अब दुईवटा क्वाटर फाइनलका खेल बाँकी रहेका छन् । 


बाँकी रहेका क्वाटर फाइनल र सेमी फाइनल अनि फाइनल खेल शुक्रबार हुने भलिबल उपसमितिका संयोजक राम बहादुर लामिछानेले जानकारी दिएका छन् । 


भलिबल प्रतियोगितामा छात्रतर्फ ४५ र छात्रा तर्फ २३ टिम गरी कुल ६८ टिमले सहभागिता जनाएको जानकारी दिएका छन् । सेमी फाइनल र फाइनलका खेल पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ । 


प्रतियोगिता अन्तरगत कराते अन्तर्गत सबै खेल सम्पन्न भएको कराते खेल उपसमिति संयोजक धन लामाले जानकारी दिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।


पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरिरहेको जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको  र बाँकी रहेका सबै खेल शुक्रबार हुने उनको भनाइ छ ।


भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ  सहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए। एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन्  ।


मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्‌घाटन गरेका थिए । समापन शुक्रबार ३ बजे गरिने सदस्य सचिव अधिकारीको भनाइ छ ।

अर्को समाचार

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्